Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः 
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
२०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

समाचार


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
मेची महाकाली ज्योतिष जागरण अभियान एघारौं वर्षा

ज्योतिष विज्ञान प्रत्येक व्यक्तिको आँखा हो । आँखा नभएको व्यक्ति र ज्योतिष विज्ञानको आधारभूत ज्ञान नभएका व्यक्ति दुवै उस्तै-उस्तै हुन् । त्यसकारण आँफू पनि ज्योतिष पढौं । आफ्ना बाल-बालिकालाई पनि ज्योतिष पढाऔं ।

यो शिक्षा कुनै जात जातीमा सीमित छैन । यस  प्रमुख नाराका साथ २०५३ फाल्गुन ९ गते दिनमा १ बजेको समयमा मेची बहुमुखी क्याम्पस भद्रपुर, झापादेखि प्रारम्भ गरिएको "मेची महाकाली ज्योतिष जागरण अभियान" दशौं वर्षपूरा गरी एघारौं वर्षा चलिरहेको छ । नेपाल अधिराज्यका प्रत्येक एक गा.वि.स. नगरपालिकाको प्रत्येक वार्ड, उपमहानगरपालिका, महानगर पालिकाको प्रत्येक वार्डलाई न्यूनतम् एक दक्ष ज्योतिषी तैयार गर्ने अभियानका साथ संचालित यस अभियानले झापाको धुलावारी स्थित त्रिफला राष्ट्रिय पुस्तकालय इलामको करफोक उच्च मा.वि., आइतबारे तथा फिक्कल स्थित आदर्श बोर्डिङ स्कूल मोरङको महेन्द्र मोरङ केन्द्रीय आदर्श बहुमुखी क्याम्पस, नवलपरासीको गैडाकोट, जनज्योति कलेज प्रगतिनगर, शिव मन्दिर-३ नवलपरासी, बाग्लुङ जिल्लाको महेन्द्रमुखी क्याम्पस, पर्वत जिल्लाको खुकोट-२ स्थित हिमालय मा.वि. कुश्माको शिवालय मन्दिर, कास्कीको हेम्जा, पोखरा-२, विन्ध्यवासिनी मन्दिर, रामघाट स्थित मिर्मिरे युवा क्लब, गीता मन्दिर, गोरखा जिल्लाको जिल्ला विकास समितिको कार्यालय केन्द्र निर्धारण गरी अन्त्यमा पोखरा-२, अर्चलबोट केन्द्रद्वारा दशौं हजार तालिम प्राप्त ज्योतिषी तैयार गर्न सफल भएको छ । पुराना पुस्ताका ज्योतिषीहरुले नयाँ पुस्ता तथा प्रत्येक जात जातिलाई रुपान्तरण गर्न नचाहनु, आधुनिक विद्वान्, बुद्धिजीवि व्यक्ति यस शिक्षाप्रति अनभिज्ञताको परिणाम स्वरुप अन्धविश्वास एवं रुढिवादी रुपमा दरिन पुगेको वेदको नेत्ररुपी ज्योतिषको पुनर्जागरण हुन गएको छ । नेपालका कुनै पनि संघ, संस्था, समाजसेवी, शिक्षासेवी कसैको पनि सहयोग विना ज्योतिष शिक्षण शुल्क कै भरमा अविच्छिन्न चलि आएको मेची महाकाली ज्योतिष जागरण अभियानको प्रभाव विश्वव्यापी रुपमा पर्न गएको छ । अन्तराष्ट्रिय ज्योतिष अनुसन्धान प्रशिक्षण एवं भविष्यवाणी केन्द्र पर्वतको स्थापना । यस संस्थाद्वारा ज्योतिष जागरण -मासिक) को प्रकाशन, ज्योतिष जागरण -मासिक) पर्वतको आयोजनामा मेची महाकाली ज्योतिष जागरण अभियानको आरम्भ, मेची महाकाली ज्योतिष प्रशिक्षण कार्यक्रम, वैदिक ज्योतिष विज्ञान विश्व विद्यालय नेपाल तदर्थ समितिको गठन, ज्योतिष भविष्यवाणी साप्ताहिक) मोरङ जिल्लाबाट प्रकाशन, नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समितिको स्थापना, अन्त्यमा पोखरा ज्योतिष महाविद्यालय पोखराको स्थापना, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आयोजित ज्योतिष महासम्मेलनमा सक्रिय सहभागिता, ज्योतिष सिक्नर् इच्छुक छात्रछात्रालाई बाह्रै महिना प्रोफेशनल तालिम दिनु, नेपाली भाषामा नियमित प्रकाशित हुँदै आएको ज्योतिष भविष्यवाणी -साप्ताहिक तथा यसको अंग्रेजी संस्करणका वेवसाइट वदधभभपथि।अom।लउ को सन् २००५ जनवरी २० देखि नियमित संचालन हाम्रा विगत एघार वर्षा बहुमुल्य उपलब्धिको रुपमा रही आएका छन् । मेची महाकाली ज्योतिष जागरण अभियानले तालिम प्राप्त ज्योतिषीमात्र उत्पादन नगरी ज्योतिष पत्रकार समेत तैयार गरेको छ, जसमा ज्यो. सुश्री सीता रेग्मी, ज्यो. प्रेमकुमारी गुरुङ, ज्यो. डोलराज पोखरेल, ज्यो. रामजी ओझा, ज्यो. प्रकाश पौडेल -हाल नेपाल समाचार पत्र दैनिक) ज्यो. शिवप्रसाद पराजुली -रेडियो अन्नपर्ूण्ा) ज्यो. दिननाथ पण्डित -रेडियो माछापुच्छ्रे) ज्यो. विष्णुप्रसाद शर्मा -बाग्लुङ एफ.एम.), ज्यो. देवीदत्त पन्त -महाकाली एफ.एम.) ज्यो. अर्जुन नेपाल -स्टार एफ.एम. काठमाडौं) रहेका छन् ।

त्यस्तै मेची महाकाली ज्योतिष जागरण अभियानले नेपाल राष्ट्रलाई दक्ष ज्योतिष प्राध्यापक समेत तैयार गरेको छ, जसमा नेपालमा संचालित यस तालिममा अध्ययन पूरा गरेका ज्योतिषका छात्रछात्राले भारतको वाराणसी स्थित सम्पूर्ण्ाानन्द विश्वविद्यालयबाट ज्योतिषाचार्यको परीक्षा उत्तर्ीण्ा गरी आ-आफ्नो ठाउँबाट ज्योतिष प्राध्यापन सेवामा संलग्न हुनेमा र्सवश्री माधवप्रसाद पाण्डेय -ज्योतिषाचार्य) उपप्राध्यापक वाल्मीकि क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौं, ज्योतिषाचार्य महेश्वर शर्मा पौडेल, खर्ुकाेट-५, पर्वत, ज्योतिषाचार्य केदारनाथ पौडेल पाङ-५, खरिबोट पर्वत, ज्योतिषाचार्य प्रेम प्रसाद आचार्य, ज्योतिष भविष्यवाणी परामर्श केन्द्र वीरेन्द्रनगर-१०, र्सर्ुखेत रहेका छन् । त्यस्तै मेची महाकाली ज्योतिष जागरण अभियानका संयोजक डा. बलराम उपाध्याय रेग्मीले अंग्रेजी एम.ए., पी.एच.डी. को अध्ययन पश्चात् विश्व ज्योतिष विद्यापीठ कलकत्ताबाट ूक्तगमथ या ब्कतचय-व्यगचलबष्किm ष्ल ल्भउबू िअर्थात् नेपालमा ज्योतिष पत्रकारिताको अध्ययन शीर्षकमा आँफूले ज्योतिष विद्यावारिधी उपाधि प्राप्त गरे पश्चात हाल र्सवरी पौडेल -लमजुङ) ज्यो. मेहश्वर शर्मा पौडेल र्-पर्वत), केदारनाथ पौडेल र्-पर्वत) ज्यो. मोहराज शर्मा ढकाल -गुल्मी) हाल रामबजार पोखरालाई ज्योतिष विद्यावारिधिको उपाधि निमित्त शोध निर्देशन गर्ने कार्य गरी रहेका छन् भने मेची महाकाली ज्योतिष जागरण अभियान नेपालका संयोजक डा. बलराम उपाध्याय रेग्मी एक बहु आयामिक व्यक्तित्व शर्ीष्ाकमा त्रिभुवन विश्वविद्यालय कर्ीर्तिपुर नेपाली विभागमा स्नातकोत्तर द्वितीय वर्षा अध्ययनरत घनश्याम पौडेलले आफ्नो एम.ए.को शोध पत्रको रुपमा डा. रेग्मीबारे अध्ययन प्रारम्भ गरेका छन् । ज्योतिष भविष्यवाणी -साप्ताहिक) अनलाइन संस्करण नेपालीका पाठक एक लाख दश हजार पुगेका छन् भने अंग्रेजी संस्करणका ३७ हजार । त्यस्तै भारतको नयाँ दिल्लीबाट नियमित प्रकाशित फ्युचर समाचार -मासिक) तथा च्भकभबचअज व्यगचलब यिा ब्कतचययिनथू (त्रैमासिक) पत्रिकाले बि क्ष्लमष्ब ँभमभचबतष्यल या ब्कतचययिभिचक क्यअष्भतष्भक को चार देशका एकसय पच्चीस संस्थामध्ये नेपालको पोखरा अर्चलबोट चोक स्थित पोखरा ज्योतिष महाविद्यालयलाई यसका ज्योतिष शैक्षिक गतिविधिको उच्च मूल्यांकन गर्दै पहिलो श्रेणीमा राखी नियमित प्रकाशित अंकमा स्थान दिँदै आइरहेको छ । हाल ज्योतिष जागरण -मासिक) ज्योतिष भविष्यवाणी -साप्ताहिक) नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समिति, पोखरा ज्योतिष महाविद्यालय पोखराको संयुक्त आयोजनामा संचालित मेची महाकाली ज्योतिष जागरण अभियान रुपन्देही जिल्लाको भैरहवा, बुटवल केन्द्र हुँदै महाकालीसम्म विस्तारित हुँदै गइरहेकोमा प्रत्येक नेपालीलाई गौरव लाग्नु स्वभाविकै छ । यस अभियानमा प्रत्येक व्यक्तिले सहयोग पुर्‍याउनु त्यत्तिकै आवश्यक छ ।



 

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

© 2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Free counter and web stats

Site Designed & Hosted: www.pokharacity.com