|
समाचार |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
ज्योतिष त्रैमासिक पत्रिका प्रकाशित
नेपाली ज्योतिष पत्रकारिताको इतिहासमा तीनवटा त्रैमासिक पत्रिका प्रकाशित भएको समाचार प्राप्त भएको छ ।
डा. लोकराज पौडेलद्वारा सम्पादित ज्योतिष सन्देश -हाल द्वैमासिकमा परिणत) ज्यो. सुनिल सिटौलाको प्रधान सम्पादकत्व प्रकाशकत्वमा प्रकाशित "ज्योतिविज्ञान मञ्च) तथा अधिवक्ता एवं ज्योतिषी महेश गौतमको सम्पादकत्वमा "श्री शक्ति ज्योतिष" -त्रैमासिक) जिल्ला प्रशासन कार्यालय काठमाडौं दर्ता ६४।२०६१।६२ रहेको "ज्योतिर्विज्ञान मञ्च" अनलाइन संस्करणमा समेत प्रकाशित हुने नेपालकै पहिलो ज्योतिष त्रैमासिक पत्रिका हो जसलाई www.jbweekly.com.np मा पढ्न सकिन्छ जबकि नेपाली ज्योतिष पत्रकारिताकै इतिहासमा पहिलो अनलाइन ज्योतिष समाचार पत्र "ज्योतिष भविष्यवाणी -नेपाली, अंग्रेजी संस्करण) पहिलो रहेका छन् ।
ज्यो. सुनिल सिटौलाद्वारा नियमित सम्पादित/प्रकाशित "ज्योतिर्विज्ञान मञ्च" -त्रैमासिक) नवौं अंकसम्म प्रकाशित हुन सफल रहेको देखिन्छ भने ज्यो. महेश गौतमद्वारा सम्पादित/प्रकाशित श्री शक्ति ज्योतिष -त्रैमासिक) पहिलो र दोस्रो अंक प्रकाशन पछि तेस्रो अंकको तैयारीमा रहेको सम्पादक गौतमले ज्योतिष भविष्यवाणी -साप्ताहिक) लाई बताउनु भएको छ । स्मरण रहोस् आधुनिक ज्योतिष पत्रकारिताको इतिहासमा ज्योतिष भविष्यवाणी -साप्ताहिक) ज्योतिष जागरण -मासिक) ज्योतिष दर्पण -मासिक) ज्योतिर्विज्ञान मञ्च -त्रैमासिक), श्रीशक्ति ज्योतिष -त्रैमासिक) समेत पाँचवटा ज्योतिष पत्रिका नियमित सम्पादन/प्रकाशनमा रही आएका छन् ।
|
|
|