|
समाचार |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
नेपालका हुलाक विश्वासको संकटमा
ज्यो. प्रदिप रेग्मी, मधु रेग्मी, ऋषिकेश, भारत । नेपालको पोखराबाट भारत उत्तर प्रदेशको ऋषिकेश पुग्न अधिकतम ३६ घण्टा बसबाट लाग्छ भने त्यति अवधिकै बाटो तय गर्न हुलाकबाट पठाएको चिठी धनादेशलाई कति समय लाग्ला - तपाई अनुमान गर्न सक्नुहुन्छ - सरकारी निकायमध्ये सबैभन्दा भरपर्दाे माध्यम नेपालको हुलाकलाई मान्दै आउनुभएको छ भने तपाई अब भ्रममा नपर्नुहोला ।
किनभने नेपालको पोखराबाट ११ सितम्बरमा अर्थात् भाद्र २५, २०६४ मंगलबारका दिन प्रेम प्रसाद अर्याल, गीता आश्रम, ऋषिकेश, उत्तराञ्चल, भारतको ठेगानामा पठाइएको धनादेश नं. ३९७७८, रसीद नं. २४९३०४ को नेपाली रुपियाँ रकम ८ हजार -भारु. ५ हजार) मंसिर २७ गते -२०६४) अर्थात् दिसेम्बर १२ तारीख अर्थात् ९१ दिनसम्ममा आइपुगेको छैन । पश्चिमाञ्चल क्षेत्रीय हुलाक, निर्देशनालय, पोखरा, नेपालले उक्त रकम प्रेषक डा. बलराम उपाध्याय रेग्मीले लिखित उजुरी गरेपछि मात्रै प.सं. २०६४।६५ च.नं. ४२६ को पत्रअनुसार सो रकम कहाँ गयो - क्षेत्रीय हुलाकले खोजी कार्य शुरु गरेको छ । एक वर्षरिको लागि पढ्ने विद्यार्थीलाई पठाइएको उक्त रकम बीचैमा अलपत्र हुँदा विद्यार्थीको मनस्थिति कस्तो होला - वाषिर्क परीक्षा समेत राम्रो तयारी गर्न नसक्ने अवस्थाबाट अध्ययनरत विद्यार्थी पीडित हुन परेको छ । सन्तोष रेग्मी तथा उनका दर्ुइ भाइ समेतको लागि नेपालबाट प्रेम प्रसाद अर्यालको नाममा पठाइएको धनादेश बाटैमा हराउनाले नेपालबाट पठाएको धनादेश भारत पुग्छ भनी हुलाक कर्मचारीले पैसा असुली गर्ने गरेता पनि सो रकम भारतमा नपुग्ने हुँदा आइन्दा हुलाक मार्फ धनादेश पठाउने काम कुनै पनि व्यक्तिले नेपालबाट नगरेर अर्कै माध्यमबाट पठाउने गरुन् । हामी भारतमा अध्ययनरत छात्रछात्रा तपाईहरु सबैमा यो सुझाव राख्दछौ । भेटको क्रममा पीडित प्रेमप्रसाद अर्यालले बताएका छन् ।
|
|
|